‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले गर्याे वृक्षरोपण

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ ।

मदन जयन्ती अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा बिभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको छ । पार्कलाई हरियाली बनाउने उद्वेश्यले बिभिन्न प्रजातिका करिव २ सय ५० वटा फलफुलका बिरुवा रोपिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देही अध्यक्ष विकास वस्नेतले मदन जयन्तीको अवसर पारेर धान रोपाई, प्रदेश पार्टी कार्यालयमा रङरोगन, सरसफाई र वृक्षरोपण गरिएको बताए ।

मुस्लिम समूदायका विद्यार्थीले पढ्ने विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने र तिलोमाको टिपुलीगढमा रहेको सुधार गृहमा खेलकुदंका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले मदन जयन्तीको अवसरमा वृक्षरोपण रोपण गरेर पार्कलार्ई हरियाली बनाउने काम महत्वपूर्ण रहेको बताए। विरुवा रोपेर मात्रै नहुने बताउंदै उनले विरुवाको रेखदेख र संरक्षण गर्न आग्रह गरे ।


कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य मनोज गौचन, बुद्धि राज थापा, श्रद्धा कुवर, नेकपा एमाले जिल्ला सदस्य तथा युवा ईन्चार्ज नकुल शाही, एमाले रुपन्देही क्षेत्र न १ अध्यक्ष बेद गिरी, जिल्ला, सदस्य सागर माली, तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, सचिब मिनप्रसाद पोखरेल,राष्ट्रिय युवा संघ नेपाल रुपन्देही उपाध्यक्ष दिपक खड्गी, जिल्ला सदस्य संजय माली लगायतले बाेलेका थिए ।

कार्यक्रम राट्रिय युवा सघ नेपाल रुपन्देही क्षेत्र न १ का सयोजक विपिन विकको अध्यक्षता, सचिव गणेश न्यौपाने सन्चालन र सह संयोजक मिन गाहाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित