‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः उपहारमा कुरिलो र खुर्सानीको विरुवा

बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलले विरुवा उपहार दिएर वर्ष २०२३/२४ को शुरुआत गरेको छ। वर्ष २०२३/२४ का अध्यक्ष विश्वदिपक नेपालले सनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो एकवर्षको कार्यकालको शुरु गरेका हुन्।
हरेक वर्षको जुलाई १ तारिख देखि शुरु हुने रोटरी वर्ष २०२३/२४ को शुरुआत सनिवारदेखि भएको हो। सोहि अवसरमा क्यापिटल बुटवलका अध्यक्ष नेपालले आफ्ना क्लबका सदस्यहरुलाई प्रयाप्त पौष्टिक तत्व र औषधिय गुण भएको कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो वर्षको शुरुआत गरेका हुन्।
नेपाल कृषि प्रधान देश भएरपनि हरेक वर्ष अर्बौको तरकारी आयात भईरहेको भन्दै घरघरमा गमलामा तरकारीका विरुवा लगाएर थोरै भएपनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देश सहित विरुवा उपहार दिएको उनले बताए। ‘हरेक परिवारले घरको कौशी र करेशावारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ, ‘कार्यक्रमहरुमा उपहारको नाममा अनुपात्दक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनैपनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ नेपालले भने।
नेपालले कौशी र करेशाबारीमा फुलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रुपमा संचालन गरिने बताए।
अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सिमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरुका बीचमा पु¥याईने बताए।
क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहार स्वरुप दिएको कुरिलो र खुर्सानीका विरुवाको मूल्य सानो भएपनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन्।
क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूला ठूला परियोजना संचालन गरेर मात्रै मानिसको जिवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित