रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः उपहारमा कुरिलो र खुर्सानीको विरुवा

बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलले विरुवा उपहार दिएर वर्ष २०२३/२४ को शुरुआत गरेको छ। वर्ष २०२३/२४ का अध्यक्ष विश्वदिपक नेपालले सनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो एकवर्षको कार्यकालको शुरु गरेका हुन्।
हरेक वर्षको जुलाई १ तारिख देखि शुरु हुने रोटरी वर्ष २०२३/२४ को शुरुआत सनिवारदेखि भएको हो। सोहि अवसरमा क्यापिटल बुटवलका अध्यक्ष नेपालले आफ्ना क्लबका सदस्यहरुलाई प्रयाप्त पौष्टिक तत्व र औषधिय गुण भएको कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो वर्षको शुरुआत गरेका हुन्।
नेपाल कृषि प्रधान देश भएरपनि हरेक वर्ष अर्बौको तरकारी आयात भईरहेको भन्दै घरघरमा गमलामा तरकारीका विरुवा लगाएर थोरै भएपनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देश सहित विरुवा उपहार दिएको उनले बताए। ‘हरेक परिवारले घरको कौशी र करेशावारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ, ‘कार्यक्रमहरुमा उपहारको नाममा अनुपात्दक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनैपनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ नेपालले भने।
नेपालले कौशी र करेशाबारीमा फुलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रुपमा संचालन गरिने बताए।
अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सिमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरुका बीचमा पु¥याईने बताए।
क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहार स्वरुप दिएको कुरिलो र खुर्सानीका विरुवाको मूल्य सानो भएपनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन्।
क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूला ठूला परियोजना संचालन गरेर मात्रै मानिसको जिवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित