रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पाल्पाका विभिन्न स्थानमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाले ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल–पाल्पा सडकखण्डको विभिन्न स्थानमा पहिरो झर्दा शनिवार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–३ का धेरै स्थानमा पहिरो झरेको छ ।

राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगा सहितको पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ चिदीपानी धैरेनीमा लेदो सहितको पहिरो खसेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रान सहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।

तानसेनदेखि गुल्मी जाने सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित