लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

उर्लियो तिनाउ (फोटो फिचर)

बुटवल । निरन्तरको बर्षाका कारण बुटवलमा तिनाउ नदि उर्लिएको छ । हिउँदमा सुख्खा हुने तिनाउ नदि बर्षाको समयमा भने उर्लिने गर्दछ । तिनाउको वहाव उच्च भएपनि अहिले सम्म कुनै पनि भौतिक र मानविय क्षति भने गरेको छैन् । बुटवल उपमहानगरपालिकाले तिनाउमा बाढि अझै आउँन सक्ने भएकाले तटिय क्षेत्रमा सर्तक रहन आग्रह गरेको छ । तिनाउ नदिमा आएको बाढिका कारण गत बर्ष आधा दर्जन तटिय क्षेत्रका घरहरुमा क्षति पुराएको थियो ।

रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ ।

बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसै गरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ।
विनयी लगायत ससाना खोलाहरूको बहाव बढ्ने बताइएको छ ।

नदी तटीय क्षेत्र र यात्रामा निस्किनेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ।

शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ।

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित