रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तीन जना पक्राउ

बुटवल। बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सियारी गाउ“पालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खांन, रुपन्देहीको कोटहीमाई–३ पर्सियाका वर्ष २२ का सुरज लोहार, कोटहीमाई–४ का सुरज थारुलाई रुपन्देही प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई रुपन्देहीको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर विकले जानकारी दिए । उनीहरु तीनै जना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने अपराधिक कार्यमा संलग्न भएको प्रहरीको दावी छ । गत मंगलबार पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यतिmहरु संलग्न रहेको आशंका प्रहरीको छ
प्रहरीका अनुरसार नया“ वर्षको सुरु दिन अर्थात् २०८० वैशाख १ गते सियारी गाउ“पालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरी पर्खालमा प्रेसर कुकर बम राखेका थिए । उक्त बम स्थानीयको सूचनालगत्तै नेपाली सेनाको टोलीले डिस्पिोज गरेको थियो । यस्तै असार एक गते व्यवसायी भैरवप्रसाद कलवारको सिद्धार्थनगर–४ मा रहेको दाना फ्याक्ट्री गोदामको पर्खाल बाहिर पे्रसर कुकर बम विस्फोट गराएका थिए । व्यक्तिसंग फिरौती माग गर्ने र तर्साउने उद्देश्यले सिटी हस्पिटल भैरहवा नजिकै सडकमा समेत बम विस्फिोट गराएको र यी सबै घटनामा तीनै जनाको सम्लग्नता रहेको तथ्य फेला पारेको प्रहरीको भनाइ छ ।
उनीहरुबाट दुई थान मोटरसाइकल र पांच थान मोबाइलसमेत प्रहरीले बरामद गरेको जनाएको छ । रुपन्देहीमा सिरियल रुपमा बम भेटिने तथा चोरी बढ्दै जान थालेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी उमेशकुमार जोशी आफैंले सक्रियता बढाएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित