रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

क्याण्डीमा नेपाल प्रबद्र्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण सुरु गर्न आग्रह

क्याण्डी (श्रीलंका), । नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रबद्र्धन गर्न आग्रह गरेका छन् । श्रीलंकाको क्याण्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा बोल्दै उनीहरुले बुद्ध जन्मस्थलबाट टूर प्याकेट सुरु गरेर अन्य बौद्ध स्थलहरु जोड्नु पर्नेमा जोड दिए । श्रीलंकन र भारतीय ट्राभल एजेन्सीहरुले भारतको बोधगया लगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाई अवधि बढ्न सकेको छैन । अब टुर प्याकेज बनाउँदा नेपालको लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनु पर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ । यसले पर्यटकको बसाइँ अवधि बढ्ने अपेक्षा उनीहरुको छ ।

सेल्स सिमन कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र विशेष गरेर लुम्बिनीमा श्रीलंकन पर्यटकहरुलाई आमन्त्रण गर्न नेपाली टोली यहाँ आएको बताए । नेपाल र श्रीलंकका पर्यटन व्यवसायीहरुको सहकार्यले एकअर्का देशमा पर्यटन प्रबद्र्धन गर्न सकिने उनको धारणा थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडानका लागि नेपाल बायुसेवा निगम तयारी रहेको बताउँदै श्रीलंकन एयरलाइन्सलाई समेत भैरहवा उडान गर्न आह्वान गरे । उनले बौद्ध सर्किटको प्याकेज बनाउँदा लुम्बिनीलाई पहिलो प्राथमिकता राख्न श्रीलंकन व्यवसायीहरुलाई अनुरोध गरे ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले श्रीलंकन नागरिकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिए । उनले बौद्धस्थलको टूर प्याकेट बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटीहवा हुँदै बोधगया, सारनाथ, कुशीनगरलाई समेटर बनाउन आग्रह गरे । ‘लुम्बिनी आउन हवाई मार्ग सहज बनेको छ, लुम्बिनीको काखैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, श्रीलंकाबाट सिधा उडान गर्नुस् र लुम्बिनीबाट बुद्धस्थल भ्रमण सुरु गर्नुस्,’ उनले भने । अध्यक्ष श्रेष्ठले नेपाल पर्यटनका लागि महत्वपूर्णस्थल भएको जनाउँदै धार्मिक, सांस्कृतिक साथै साहसिक र मनोरंजनको पूर्ण प्याकेज नेपालले पस्कने बताए ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालका पर्यटकीय आकर्षण र विविधताबारे प्रस्तुतीकरण दिँदै विश्वकै घुम्नैपर्ने मुलुकमा नेपाल एक उत्कृष्ट गन्तव्य भएको जनाए । उनले नेपाल र श्रीलंकाको जनस्तरमै सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र बुद्धिष्ट पर्यटकहरुलाई नेपाल जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य रहेको उल्लेख गरे । उनले हिमाल, पहाड र तराईको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले नेपाललाई पर्यटनको जीवित संग्राहलय बनाएको विषयलाई प्रस्तुतीकारुपमा देखाए ।

श्रीलंकन प्रशिद्ध भिक्षु धर्मराथना थेरोले श्रीलंका र नेपाललाई भवगान बुद्ध र बौद्ध पर्यटकीय गन्तव्यले जोडेको उल्लेख गरे । बुद्ध नेपालमा जन्मनु नेपालीहरुका लागि शौभाग्य भएको उल्लेख गर्दै उनले हरेक श्रीलंकनलाई जीवनमा लुम्बिनी र बौद्ध पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्न आग्रह गरे । उनले श्रीलंकन नागरिकलाई आफ्नो भ्रमणको सुरुवात गर्दा लुम्बिनीबाट सुरु गर्न आग्रह गराए । श्रीलंकन एयरलाइन्सका प्रबन्धक उपेन्द्र राजापाक्षले आफ्ना अधिकतम नागरिकलाई नेपाल पुर्याउन श्रीलंकन एयरले सहयोग गर्ने बताए । भविष्यमा नेपालका सबै विमानस्थलमा नियमित उडानका लागि पहल गर्ने जनाए ।

सिद्धार्थ होटल संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर जोशीले नेपालमा अधिकत पर्यटकहरु पठाउन र लुम्बिनी एवं आसपासका बौद्ध गन्तव्यहरुमा घुमाउन उपस्थित श्रीलंकन पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले बौद्ध पर्यटनको सुरुवात लुम्बिनीबाट हुनुपर्नेमा जोड दिए । यस्तै, श्रीलंकन एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा सिधा उडानका लागि आग्रह गरे ।

कार्यक्रममा नेपालका पर्यटन व्यवसायीसहित श्रीलंकन एयरलाइन्सका प्रतिनिधि, त्यहाँका होटल, ट्राभल, टुर अपेरेटर गरी ६० बढी सहभागी थिए । त्यहाँ विजनेस टु विजनेस (विटुबी) पनि भएको थियो । नेपाली पर्यटन व्यवसायीले आफ्नो टुर प्याकेजकाबारे जानकारी पनि गराए । श्रीलंकन नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिन र नेपालका पर्यटकीय स्थलको प्रबद्धर्न गर्ने उद्देश्यले सरकारी अधिकारी र पर्यटन व्यवसायी श्रीलंका पुगेका हुन् । क्याण्डी पछि श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली टोलीले जुलाई १ तारिखमा भव्य कार्यक्रम गर्दैछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित