‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

संयुक्त राष्ट्र संघका उपमहासचिव द्धारा लुम्बिनी भ्रमण, लुम्बिनी विकास कोषद्धारा स्वागत

लुम्बिनी । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले विहिबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन । भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेलले उमहासचिवलाई खादा ओढाएर लुम्बिनीमा स्वागत गरेका हुन ।

उक्त अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी लागेको बताए । उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघले सहकार्य गर्दै आएको बताउँदै आगामि दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । उपमहासचिव ल्याक्रोइक्समायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स, र भियतनाम गुम्बाहरुको भ्रमण गरे ।

४ दिवसीय भ्रमणका शिलशिलामा नेपाल आएका उपमहासचिव ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी पनि भ्रमण गरेका हुन ।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षामन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहित नेपाली सेनाका रथिहरुको उपस्थिती रहेको थियो ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित