रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

संयुक्त राष्ट्र संघका उपमहासचिव द्धारा लुम्बिनी भ्रमण, लुम्बिनी विकास कोषद्धारा स्वागत

लुम्बिनी । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले विहिबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन । भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेलले उमहासचिवलाई खादा ओढाएर लुम्बिनीमा स्वागत गरेका हुन ।

उक्त अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी लागेको बताए । उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघले सहकार्य गर्दै आएको बताउँदै आगामि दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । उपमहासचिव ल्याक्रोइक्समायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स, र भियतनाम गुम्बाहरुको भ्रमण गरे ।

४ दिवसीय भ्रमणका शिलशिलामा नेपाल आएका उपमहासचिव ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी पनि भ्रमण गरेका हुन ।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षामन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहित नेपाली सेनाका रथिहरुको उपस्थिती रहेको थियो ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित