‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलबाट ८ लाख रुपैयाँभन्दा बढीका अवैध मोबाइल बरामद

रुपन्देही प्रहरीले बुटवलबाट ८ लाख ३० हजार रुपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको छ । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको हो ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार आइफोन ३ थान, रेडमी १५, सामसुङ ८, ओप्पो ४ थानसहित अन्य कम्पनीका मोबाइल पनि रहेका छन् । ती मोबाइल बुधबार साँझ बरामद गरिएको अर्यालले जनाए ।

बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित