‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तस्वीरमा हेर्नुहोस् – सिद्धार्थ ग्रुपले भैरहवामा सञ्चालनमा ल्याएको ‘सिद्धार्थ भिलासा’

बुटवल । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिले भैरहवामा निर्माण गरेको पांचतारे होटल सिद्धार्थ भिलासा औपचारिक रुपमा संचालनमा आएको छ । यसअघि गत माघदेखि शुभारम्भ गरिएको होटलको विहिबारदेखि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणी न्यौपानेले विहिबारदेखि औपचारिक संचालन शुभारम्भ गरिएको भएपनि आगामी असोजमा विशेष शुभारम्भ गरिने बताए ।

विहिबार आयोजित पत्रकार सम्मेलनमा होटलबारे जानकारी दिंदै अध्यक्ष न्यौपानेले होटलमा डिलक्स, एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरका ८५ वटा कोठा रहेको बताए । त्यस्तै होटलमा पांचतारे होटलमा हुनुपर्ने सबै सेवासुविधा सहित विभिन्न क्षमताका सभा, सेमिनार र बैठक हलका साथै क्यासिनोको सुविधा रहेको बताए ।

करिब साढे २ अर्व लगानी रहेको होटल सिद्धार्थ भिलासामा ३ सय बढि कर्मचारी कार्यरत छन् । भैरहवामा संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी र भारतीय सिमाक्षेत्रको नजिकै रहेकोले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरि होटल संचालनमा ल्याईएको अध्यक्ष न्यौपानेले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित