३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

तस्वीरमा हेर्नुहोस् – सिद्धार्थ ग्रुपले भैरहवामा सञ्चालनमा ल्याएको ‘सिद्धार्थ भिलासा’

बुटवल । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिले भैरहवामा निर्माण गरेको पांचतारे होटल सिद्धार्थ भिलासा औपचारिक रुपमा संचालनमा आएको छ । यसअघि गत माघदेखि शुभारम्भ गरिएको होटलको विहिबारदेखि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणी न्यौपानेले विहिबारदेखि औपचारिक संचालन शुभारम्भ गरिएको भएपनि आगामी असोजमा विशेष शुभारम्भ गरिने बताए ।

विहिबार आयोजित पत्रकार सम्मेलनमा होटलबारे जानकारी दिंदै अध्यक्ष न्यौपानेले होटलमा डिलक्स, एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरका ८५ वटा कोठा रहेको बताए । त्यस्तै होटलमा पांचतारे होटलमा हुनुपर्ने सबै सेवासुविधा सहित विभिन्न क्षमताका सभा, सेमिनार र बैठक हलका साथै क्यासिनोको सुविधा रहेको बताए ।

करिब साढे २ अर्व लगानी रहेको होटल सिद्धार्थ भिलासामा ३ सय बढि कर्मचारी कार्यरत छन् । भैरहवामा संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी र भारतीय सिमाक्षेत्रको नजिकै रहेकोले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरि होटल संचालनमा ल्याईएको अध्यक्ष न्यौपानेले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित