‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तस्वीरमा हेर्नुहोस्- प्रेस चौतारी रुपन्देहीले गरेकाे वृक्षरोपण

बुटवल । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा बिहिबार रुपन्देहीको तिलोत्तमा वनवाटिकास्थित पुष्पलाल वाटिकामा वृक्षरोपण गरिएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वनवाटिका हाताभित्र रहेको पुष्पलाल वाटिकामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले मदन नरहे पनि उहाँको विचार, एकता, योगदान यो मुलुका लागि अविस्मरणीय रहेको बताए ।


एमाले अहिले पनि मदनले देखाएको बाटोमा हिडेको र मदनले देखाएको मार्ग कार्यान्वयनमा अबको पुस्ता पनि सक्रिय हुनुपर्ने गिरीले बताए । मदनको जन्मजयन्ती पारेर प्रेस चौतारीले वातावरण संरक्षमा टेवा पुर्याउन वृक्षारोपण कार्यक्रम आयोजना गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे । कार्यक्रममा आँप, लिची र अमला लगायत फलफुलका विरुवा रोपिएको प्रेस चौतारीका रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।
जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाई, जिल्ला उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे, उपसचिव चित्र बहादुर कार्की, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, केन्द्रीय सदस्यहरु नवराज कुँवर, अमृत गिरी, टी. आर. शर्मा, सल्लाहकारहरु शेरबहादुर केसी, दिनेश पाण्डे, लुम्बिनी प्रदेश महासचिव निरु गौतम, बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल, तिलोत्तमा अध्यक्ष तामनाथ पाण्डे लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिए ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।
उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । सोही घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित