प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

‘ल्याव टेष्ट विनै अखाद्य भनेर मिडियामा उपमहानगरपालिकाले प्रचारबाजी ग¥र्यो’

ब्ुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले अनुगमनका नाममा व्यवसायीहरुलाई नतर्साउन आग्रह गरेको छ ।
बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानआर्कषण भएको बताएको छ । असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गर्दा अखाद्य बस्तु फेला परेको थियो ।
संघले विहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको र अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको पत्रकार सम्मेलन गरी जनाकारी दिएको छ ।
संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको भन्दै अखाद्य बस्तु भेटिएको प्रचार गरिएपनि त्यसको पुष्टि अनुगमन समितिले नगरेको बताए ।
अखाद्य भनेर प्रमाण विनै खाद्य सामाग्रीहरु पसल अगाडि नष्ट गरेको भन्दै अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम गर्न उपमहानगरपालिकालाई आग्रह गरे ।
आफुहरु सधै अनुगमनको पक्षमा रहेको बताउंदै कुनै पनि व्यवसायीलाई व्यक्तिगत रिसिवी जस्तै ठानेर आधार र प्रमाणविना अनुगमन गर्न नपाईने उनले बताए । मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोली संग कुनै पनि उकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए । उनले ल्याव टेष्ट विनानै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट व्यवसायलाई ठुलो आर्थिक क्षती पुगेको बताए ।

याे पनि

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित