काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

‘ल्याव टेष्ट विनै अखाद्य भनेर मिडियामा उपमहानगरपालिकाले प्रचारबाजी ग¥र्यो’

ब्ुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले अनुगमनका नाममा व्यवसायीहरुलाई नतर्साउन आग्रह गरेको छ ।
बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानआर्कषण भएको बताएको छ । असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गर्दा अखाद्य बस्तु फेला परेको थियो ।
संघले विहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको र अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको पत्रकार सम्मेलन गरी जनाकारी दिएको छ ।
संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको भन्दै अखाद्य बस्तु भेटिएको प्रचार गरिएपनि त्यसको पुष्टि अनुगमन समितिले नगरेको बताए ।
अखाद्य भनेर प्रमाण विनै खाद्य सामाग्रीहरु पसल अगाडि नष्ट गरेको भन्दै अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम गर्न उपमहानगरपालिकालाई आग्रह गरे ।
आफुहरु सधै अनुगमनको पक्षमा रहेको बताउंदै कुनै पनि व्यवसायीलाई व्यक्तिगत रिसिवी जस्तै ठानेर आधार र प्रमाणविना अनुगमन गर्न नपाईने उनले बताए । मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोली संग कुनै पनि उकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए । उनले ल्याव टेष्ट विनानै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट व्यवसायलाई ठुलो आर्थिक क्षती पुगेको बताए ।

याे पनि

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित