‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा असार १३ गते वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला

बुटवल उपमहानगरपालिकाको आयोजानमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । यहि असार १३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म कालिकनगरको महाराजा रिर्सोटमा मेला आयोजना हुने छ ।

मेला संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले मेलाको तयारी तिब्र पारिएको जानकारी दिए । करिव ५ हजार जना मानिसको सहभागीता हुने मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टल रहने छन् ।

नेपाल सरकार तथा स्वीजरल्ण्ड सरकारको दिपक्षिय परियोजना दिगो तथा सम्मानित रोजगारीको लागि सिप–दोस्रो चरणको सहयोगमा एक दिने मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा रोजगार सम्बन्धी परासर्म तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सृजना हुने अपेक्षा लिइएको जानाइएको छ ।

३ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने छ । मेलाबाट आएको रोजगारीको अपेक्षा अनुसारको रोजगार पोर्टल नै बनाएर सोही अनुसारको रोजगारी सृजनामा नगरपालिका लागिरहेको मेला संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेश कुकर लगायतका विभिन्न उद्योगमा भारतीय कामदारहरुको बाक्लो उपस्थिति रहेको भन्दै यी र यस्ता उद्योग प्रतिष्ठानहरुमा नेपाली कामदारहरु नै रोजगारी हुन भन्ने हेतुको साथमा मेला पश्चात तालिम समेत आयोजना गरिने बताए । मेलाको नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित