
बुटवल । रुपन्देहीको बुटवल–१३ बेलबासमा बसको ठक्करबाट सोमबार राती स्कुटर चालकको ज्यान गएको छ । बुटवल–१२ शान्तिचोक स्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक युवाको ज्यान गएको हो ।
राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार सुर्खेतबाट विरगञ्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवाको ज्यान गएको हो । मृतकको अहिलेसम्म परिचय खुलेको छैन भने शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।