बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

रुपन्देहीमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु

राष्ट्रपतिबाट प्रमाणीकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ ।

२०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजको आधारमा नागरिकता दिन सुरु गरेको हो ।

आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का तीनजनालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै नागरिकता वितरण कार्यको शुभारम्भ गरेका थिए ।

जन्मको आधारमा नागरिकता प्राप्त सन्तानलाई वशंजको आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

नागरिकता पाउँनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का गनेश धोवी, सिद्धार्थनगर–४ कै साबिर अली तेली र सिद्धार्थनगर–४ कै दीपक धवल रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित