‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

किसानसँग प्रदेश सरकार सँग सँगै छ: कृषि मन्त्री

बुटवल  । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले कृषिमा यान्त्रीकरण अहिलेको आवस्यता रहेको बताएका छन् ।

उनले प्रदेश सरकारले कृषिलाई नयाँ ढङ्गले लैजानको लागि उत्पादन वृद्धि र किसानको लागत घटाउने गरी यान्त्रीकरणको अभियान सञ्चालन गर्न थालेको बताएका छन् । आज आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड १० मा उद्यमशील टोल विकास संस्थाले आयोजना गरेको प्रविधि युक्त प्राडरिक खेती प्रविधि प्रदर्शन कार्यक्रममा बोल्दै किसानसँगै सरकार रहेको बताए।

उनले प्रदेश सरकारले ल्याएको बजेट पनि किसान लक्षित भएको भन्दै किसानलाई थप व्यावसायिक बनाउनको लागि उन्नत बिउँ, प्रविधि प्रयोग गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश योजना आयोग पूर्व सदस्यडा दामोदर भुसालले कृषिलाई प्रविधि मैत्री बनाउँदै प्राडगकि झोल मलको प्रयोगले पोषणयुक्त खाना र खाद्यमा आत्मनिर्भर बनाउन सकिने थुपै आधार रहेको बताए ।

उनले कृषिलाई नयाँ प्रविधि र योजना साथ अगाडि लैजानको लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे,वार्ड १२ का सहदेव थारु,१७ का दान बहादुर चौधरी,ज्योति विकास बैक बुटवल कलस्टर प्रमुख कपिल न्यौपाने,मन श्री टें«डिड्र सञ्चालन उदय कुमार सिंह,उद्यमशील टोल विकास संस्थाका सदस्य राम बहादुर पुन लगायत बोल्दै तिलोत्तमामा कृषिको सम्भावना धेरै रहेको बताएका थिए ।

टोल संस्थाका अध्यक्ष धनसिंह पुन मगरको अध्यक्षमा भएको कार्यक्रममा ज्योति विकास बैकले ६ लाख रुपैयाँ बरावरको किसानलाई हात ट्याक्टर प्रदान गरिएको थियो ।बैकको संस्थागत उत्तरदायित्व अन्तर्गत किसानलाई ट्याक्टर प्रदान गरिएको बैकका बुटवल कलस्टर प्रमुख कपिल न्यौपाने बताए ।

पत्रकार केसी पुरस्कृत रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड १० मा उद्यमशील टोल विकास संस्थाले बुटवलका पत्रकार तेजेन्द्र के.सी.लाई पुस्तकृत गरेको छ । कृषि क्षेत्रको विकासको लागि पत्रकारिताको माध्यमबाट योगदान पुराएको भन्दै पत्रकार के सिलाई नगद सहित सम्मान गरिएको हो ।

सो अवसरमा प्रशंसा पत्र र नगद रकम कृषि मन्त्री भण्डारीलाल अहिर र योजना आयोग पूर्व सदस्य डा दामोदर भुसाले प्रदान गरेका थिए । संस्थाले अक्षय कोष स्थापना गरी हरेक वर्ष एक जना पत्रकारलाई पुस्तकृत गर्ने जनाएको छ । के सी रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक र दैनिक पत्र दैनिकको उप सम्पादकको रूपमा कार्यरत रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित