‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले कति ल्याए बजेट ?

बुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले ५ अर्ब भन्दा बढिको बजेट ल्याएका छन् । आर्थिक बर्ष ०८०÷०८१ का लागि बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएका हुन ।
४ उपमहानगरपालिका मध्ये सवैभन्दा धेरै बजेट बुटवल उपमहानगरपालिकाले ल्याएको छ भने सवैभन्दा कम बांकेको नेपालगञ्ज उपमहानगरपालिकाले ल्याएको छ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि २ अर्ब ३६ करोड रुपैयाँको बजेट ल्याएको छ । सवैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको बजेट ल्याएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिकाले २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । त्यसैगरी दाङकै तुल्सीपुर उपमहानगरपालिकाले १ अर्व ७९ करोडको बजेट ल्याएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित