बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

दुई किलो सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

सुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं. को कारलाई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको २ थान सुनजस्तो बस्तु बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार कार र चालक दाङको घोराही नगरपालिका- १० का हुमानन्द गिरीलाई पनि नियन्त्रणमा लिइएको छ । सुनजस्तो बस्तु भैरहवा भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित