
कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप भएकाे छ ।
केही दिनयता वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।
पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वनरक्षकमाथि आक्रमण गरेको भन्दै बन कार्यालयले थप सुरक्षाकर्मी थपेपछि झडप भएको हो ।
झडप हुँदा ८ जना कर्मचारीसहित डेढ दर्जन घाइते भएका छन् ।
स्थानीयलाई विकल्पबिना हटाउन थालेको भन्दै संरक्षण गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नं १० का वडाध्यक्ष यमप्रसाद पोखरेल पक्राउ परेपछि स्थानीय वनका कर्मचारी तथा सुरक्षाकर्मीमाथि जाइलागेका हुन् ।
जिल्ला बन कार्यालयका प्रमुख विजयराज सुबेदीले वडाध्यक्ष पोखरेलसहित वनका कर्मचारीमाथि जाइलाग्नेलाई पक्राउ गर्न निर्देशन दिएको स्थानीयको आरोप छ ।