‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

भैरहवाका रमानन्द बानियाँको घर विप्लव नेकपाको कब्जामा

मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवामा एक जनाको घर कव्जा गरेको छ ।
रुपन्देहीका डेढ सय किसानलाई ठगि गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको हो ।
नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि गरे । उनले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगि गरेको गुनासो गरेपछि पार्टीले बानियाँको घर कव्जा गरेको बताए ।

बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको उनको भनाइ छ ।

बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए ।

२०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित