बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

देशभर फैलियो मनसुन, आइतबारसम्म धेरै ठाउँमा वर्षा

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएसँगै पश्चिम नेपालसम्मै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी प्रणाली देशभर फैलिएको हो । हाल नेपालमा मनसुनी वायुसँगै भारतको उत्तर प्रदेशआसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ । मनसुनीसँगै न्यूनचापीय प्रणालीको प्रभावका कारण यसपटक मध्य र पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले आकलन गरेका छन् ।

मौसमविद् राजु प्रधानांगका अनुसार आइतबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको रहेको उनले बताए । ‘कुन–कुन जिल्ला वा कुन ठाउँमा ठूलो वर्षा हुन्छ भनेर आकलन गर्न सकिएको छैन,’ मौसमविद् प्रधानांगले भने, ‘प्रदेश भने छुट्याउन सकिएको छ ।’ शुक्रबार राति मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै तथा कोसीका एक–दुई स्थानमा ठूलो वर्षाको भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित