मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

देशभर फैलियो मनसुन, आइतबारसम्म धेरै ठाउँमा वर्षा

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएसँगै पश्चिम नेपालसम्मै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी प्रणाली देशभर फैलिएको हो । हाल नेपालमा मनसुनी वायुसँगै भारतको उत्तर प्रदेशआसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ । मनसुनीसँगै न्यूनचापीय प्रणालीको प्रभावका कारण यसपटक मध्य र पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले आकलन गरेका छन् ।

मौसमविद् राजु प्रधानांगका अनुसार आइतबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको रहेको उनले बताए । ‘कुन–कुन जिल्ला वा कुन ठाउँमा ठूलो वर्षा हुन्छ भनेर आकलन गर्न सकिएको छैन,’ मौसमविद् प्रधानांगले भने, ‘प्रदेश भने छुट्याउन सकिएको छ ।’ शुक्रबार राति मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै तथा कोसीका एक–दुई स्थानमा ठूलो वर्षाको भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित