बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट अन्तरप्रदेशीय रुट परमिट दिइने

  • यातायात कार्यालय बुटवलबाट मात्र दिंदै आएको अन्तरप्रदेशीय रुट परमिट अर्थात बाटो इजाजत अब लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट दिइने भएको छ ।

    यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मंगलबार मातहतका सबै कार्यालयलाई बाटो परिपत्र गरेको हो ।

    मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेले असार ५ गतेदेखि कार्यान्वयन हुने गरी यातायात कार्यालय र जिल्लास्तरमा स्थापना भएका यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको बताए ।

    लुम्बिनीको बुटवल, दाङ र बांकेमा यातायात कार्यालय छन भने अन्य जिल्लामा स्थानमा यातायात व्यवस्था सेवा कार्यालय छन । मन्त्रालयले अन्तरप्रदेश दर्ता भएका सवारी साधनको करसमेत सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरुमा निर्देशन गरेको छ ।

    सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकार पूर्णरुपमा कार्यान्वयनको चरणमा लगेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको भनाइ छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित