‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा प्रदेश स्तरिय एकल लोकगित प्रतियोगिताकाे फाइनल बिहिबार हुँदै

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशकाे आयाेजनामा जारी लुम्बिनी प्रदेश स्तरिय एकल लोक गित प्रतियोगिताकाे फाइनल बिहिबार हुने भएकाे छ ।

बुधबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको एकल लोक गित प्रतियोगिताकाे फाइनल प्रतियाेगिता विहिबार हुने आयाेजनकले जानाकारी दिएकाे छ ।

प्रतिष्ठानका लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरले प्रतियाेगिताकाे सवै तयारी पूरा भएकाे जानाकारी दिए ।

‘हाम्रो चाहना, लोकसंस्कृतिको जर्गेना’ नारासहित स्थापना भएको संस्थाले तेस्रो संस्कारणको फिनाले गर्न लागेको हो । यसको लागि चैतबाट विभिन्न चरणमा रहेर जिल्लास्तरबाट कलाकार छनौट भएर फिनालेमा आईपुगेको उनले बताए । पहिलो र दोस्रो संस्करण कोभिड संक्रमणको समयमा अनलाईन मार्फत जिल्लास्तरीय प्रतियोगिता गरेको उनले बताए ।

१२ जिल्लाका १ हजार बढि सहभागीबाट छनौट भएर फिनालेमा २३ जना कलाकार प्रतिप्रधा गर्ने छन । लुकेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्यसहित कार्यक्रम गरिएको उनले दाबी गरे । उपाधि विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३१, १ सय ५१ रुपैया, तृतियले नगद २१ हजार रुपैया तथा सान्त्वनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

विजेताहरुले नेपालका चर्चित संगितकार खेम सेन्चुरीको गित गाउन पाउने छन । प्रतियोगिताको निर्णायक अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष गरि पाच कमिटिहरु रहेका छन । लुम्बिनी कलाकार हित कोषको घोषणा गरिने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले मोफसलबाट निरन्तर लोकदोहरी हाम्रो संस्कार, संस्कृति जगेर्ना हुने गरि रचनात्मक कार्यक्रम हुदै आएको बताए । प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि ल्याएर संस्थागत विकासका कार्यक्रम गरिदा धेरै फाईदा मिल्ने उनको बताए ।

प्रतिष्ठानका केन्द्रिय सचिव दिपक गर्बुजा, केन्द्रिय सदस्य डिल्ली नारायण पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव युवराज पोखरेल, संयोजक नारायण परियारले कार्यक्रमको सफलताको शुभकामना दिए । करीब १० लाख खर्च अनुमान रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित