
बुटवल । प्रतिकुल मौसमका कारण गुल्मीको रेसुंगा विमानस्थलमा आज पनि उडान हुन सकेन् । यात्रुको चापका कारण बुधबार र शुक्रबार उडान गर्ने भनिएको भएपनि पछिल्लो दुई हप्ता प्रतिकुल मौसमका कारण बुधबारको उडान हुन सकेको छैन् ।
आज रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट उडेको जहाज खराब मौसमका कारण त्रिभुवन विमास्थलमै फर्केको छ । यसअघि अघिल्लो बुधवार हुने भनिएको उडान पनि खराब मौसमका कारण रद्द भएको थियो ।
नियमित उडानको १ महिने अवधिमा साताको १ दिन शुक्रबार हुने उडान भने नियमित छ ।