रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

बल्न छाड्यो तिलोत्तमा मणिग्रामको ट्राफिक लाइट

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा जडान गरिएका ट्राफिक लाइट बल्न छाडेका छन् । नगरपालिकाले २० लाख रुपैयंँ बजेट छुट्टायर जडान गरेको ट्राफिक लाइट पछिल्लो एक महिना यता बल्न छाडेका हुन् ।
ट्राफिक लाइट बल्न छाडे पनि मर्मतका लागि पहल नगरिएको स्थानीयले गुनासो गरेका छन । तिलोत्तमाका अन्य क्षेत्रहरुको तुलनामा मणिग्राम चोकमा बढि नै सवारी चाप हुने गरेको छ । सोही कुरालाई ध्यानमा राखेर तत्कालिन मेयर बासुदेव घिमिरेको कार्यकालमा २०७८ सालको जेठ महिनामा तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएकोे थियो ।
जडान यता केही समय ट्राफिक लाइट राम्रै चलेपनि पछिल्लो समय भने पटक–पटक बिग्रिदै र मर्मत हुंदै आएको थियो । तर पछिल्लो एक महिना यता भने ट्राफिक लाइट पुर्ण रुपमा बन्द छ ।
बडो तामझामका साथ जडान गरिएको ट्राफिक लाइट महिना दिन बढि बिग्रेर बस्दा समेत मर्मतका लागी कुनै पहल नगरिनु दुखद र लार्पवाही भएको स्थानियको भनाई छ । नगरपालिकाले भने विग्रेको लाईट अब तुरुन्तै मर्मत गर्ने बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित