लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बल्न छाड्यो तिलोत्तमा मणिग्रामको ट्राफिक लाइट

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा जडान गरिएका ट्राफिक लाइट बल्न छाडेका छन् । नगरपालिकाले २० लाख रुपैयंँ बजेट छुट्टायर जडान गरेको ट्राफिक लाइट पछिल्लो एक महिना यता बल्न छाडेका हुन् ।
ट्राफिक लाइट बल्न छाडे पनि मर्मतका लागि पहल नगरिएको स्थानीयले गुनासो गरेका छन । तिलोत्तमाका अन्य क्षेत्रहरुको तुलनामा मणिग्राम चोकमा बढि नै सवारी चाप हुने गरेको छ । सोही कुरालाई ध्यानमा राखेर तत्कालिन मेयर बासुदेव घिमिरेको कार्यकालमा २०७८ सालको जेठ महिनामा तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएकोे थियो ।
जडान यता केही समय ट्राफिक लाइट राम्रै चलेपनि पछिल्लो समय भने पटक–पटक बिग्रिदै र मर्मत हुंदै आएको थियो । तर पछिल्लो एक महिना यता भने ट्राफिक लाइट पुर्ण रुपमा बन्द छ ।
बडो तामझामका साथ जडान गरिएको ट्राफिक लाइट महिना दिन बढि बिग्रेर बस्दा समेत मर्मतका लागी कुनै पहल नगरिनु दुखद र लार्पवाही भएको स्थानियको भनाई छ । नगरपालिकाले भने विग्रेको लाईट अब तुरुन्तै मर्मत गर्ने बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित