लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उदेश्यले सञ्चालित घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किरातीले विजयीहरुलाई पुरस्कार प्रदान गरेका हुन । लुम्बिनी विकास कोष र पर्यटन बोर्डको आयोजनामा बैशाख १० देखि जेठ २० गतेसम्म संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी टिकटक प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सचिन लोध प्रथम, विष्णु पाण्डे द्धितिय र गोकुल नकर्मी तृतीय भएका छन ।

यस्तै क्रियटिभ सेलेक्सनबाट १० जना र उत्कृष्ट छनौटबाट ५० जना  पुरस्कृत भएका छन । संस्कृती पर्यटन तथा नागरिक उउडडन मन्त्री सुदन किराँतीले पुरस्कृतहरुलाई पुरस्कार दिदै बुद्धजन्मस्थल र त्यस वरपरका सस्कृतीको प्रचार प्रसार गर्न टिकटक उपयोगी बनेको बताए ।

राज्यमन्त्रि माननीय शुशिला श्रीपाली ठकुरी लुम्बिनी राष्ट्रको अमुल्य हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा बिश्वसामु फैलाउन नसकेको कुरा स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई बिशेष धन्यबाद दिईन ।सोही कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रबर्दनमा टेवा पुग्ने कुरामा आफु बिश्वस्त भएको बताए ।

लुम्बिनी बिकास कोषका सदस्य सचिब  सानुराजा शाक्यले टिकटकको छोटो–छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफु धेरै बोल्न नचाहने बताउदै सम्पूर्ण बिजेता र सहभागीहरुलाई लुम्बिनीकोमहत्वको बिषयमा २ करोड भन्दा धेरै व्यक्तिको माझ एकै पटक पूर्याउन महत्वपुर्ण भूमिका खेलेको बताए । प्रतियोगिता इरु टेक प्रा लि को प्राविधिक सहयोगमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित