लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

प्युठानको झिमरुकमा ओखरकोट चोयाचित्र उद्योग

प्युठानको झिमरुक गाउंपालिका ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालनमा आएको छ ।

गाउं घरमा खेर गैरहेका बासबाट प्रयोगमा आउने सामाग्री उत्पादन गरी बासको सदुपयोग गर्ने उद्देश्य र गाउंमा रोजगार बढाउने द्वेश्यले चोयाचित्र उद्योग सञ्चालन गरिएको हो ।

बासको चोयाबाट बन्ने विभिन्न सामाग्री उत्पादन गर्नका लागि चोयाचित्र उद्योग सञ्चालन गरिएको हो । बासको चोयाबाट बन्ने विभिन्न प्रकारका समाग्रहीहरु व्यवसायीक रुपमा उत्पादन गर्न थालिएको चोयाचित्र उद्योगका उपाध्यक्ष कर्णबहादुर विकले बताए। बजारको कमी भएकाले बजार पाएमा आवश्यक अनुसार उत्पादन गर्न सकिने उपाध्यक्ष कर्ण विकले बताए ।

बासको चोयाबाट डोका, डाला, नाम्ला, ओरा, फुगा, मान्द्रा, सुपो, माला, छाचुरो, ढकिया, लैरोलगायतका पुराना सामाग्रहीहरु उत्पादन गरी ओखरकोट चोयाचित्र उद्योगले व्यवसायिक रुपमा विक्री गर्न थालेको छ ।

त्यस्तै डाइनिङ टेवल, कुर्ची, बासकेट, मुडा, हेङगर, टुल, कमलदानी, डष्टविन लगायतका समाग्रीहरु पनि उत्पादन गरिएको छ ।बासको चोयाबाट बन्ने सामाग्रीलाई देशव्यापी बनाउनका लागि अहिले गाउंका बेरोजगार युवा, महिलाहरुलाई तालिम दिइएको ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदीप जीसीले बताए।

लुम्बिनी प्रदेशको करिब ८ लाखको आर्थिक सहयोग र झिमरुक गाउंपालिकाको सहजीकरमा ओखरकोट चोयाचित्र उद्योगका सञ्चालन गरिएको हो । गाउंघरमा खेर गैरहेका बासहरु उपयोग गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित