‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

महिला उद्यमशीलता बढाउन विपन्न कर्जा र लघुउद्यममा कर्जा सरल बनाउन माग

बुटवल – महिला उद्यमशीलता बढाउन विपन्न र महिला उद्यमशीलता कर्जा सरल बनाउन रुपन्देहीका महिला उद्योगीहरुले माग गरेका छन् । कर्जा सहज नहुदा लक्षीत वर्गको सहभागिता नभएको रुपन्देहीका महिला उद्योगीहरुले गुनासो गरेका छन् । उद्यमशीलता विकासका लागि बैंक तथा वित्तिय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन समेत उनीहरुले माग गरे ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक र संचारिका समूह लुम्बिनीले एकल तथा द्धन्द्धपीडित उद्यमी महिलाहरुसंग शनिबार बुटवलमा आर्थिक संवृद्धिका लागि उद्यमशीलता, महिला उद्यमशीलता विकासका लागि वित्तिय सहजता र सहुलियत कर्जा विषयक परामर्श तथा संवाद कार्यक्रम आयोजना गरेको थियो । बैंक तथा वित्तिय संस्थालाई महिला उद्यमशीलता, साना तथा मझौला उद्योगमा १५, विपन्न वर्गमा ५, कृषिमा १५ र उर्जामा १० लगानी गर्नुपर्ने प्रावधान बनाएको छ । तर, धेरै बैंकहरुले लक्ष्यअनुसार खर्च नगर्दा समस्यामा परेको महिला उद्यमीहरुले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी महिला उद्यमी संघकी अध्यक्ष रचना पन्थले सहुलियत कर्जा लिन भएको व्यवधान हटाउन महिला उद्यमीलाई वित्तिय साक्षरता, कर्जाको सदुपयोग र उद्यमको छनोटमा समेत बैंकहरुले सघाउनुपर्ने बताइन् । उद्यमी रीता सेनले महिलाभित्र पनि एकल, द्धन्द्धपीडित र सिमान्तकृत समूदायकालाई प्राथमिकतामा राखेर महिला उद्यमशीलता र विपन्न कर्जा दिन आग्रह गरिन् ।
उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले बैंकहरुले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यगीहरु सेवाप्रवाहबाट वन्चीत भएको बताए । चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ठूला र घरानिया उद्योगी व्यवसायीलाई मात्र कर्जा दिने परिपाटी रोक्न सके महिला उद्यमीहरु बैंकको पहुंचमा पुग्ने बताए । अर्थ विश्लेषक मनिकर कार्कीले सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउन आग्रह गरे ।
साइन रेसुंगा बैंकका डेपुटी सिइयो लोकराज पनेरुले बैंक उद्यमीका सहयोगी भएकाले परियोजना जोखीममा पर्ने अवस्था नभए कर्जा प्रवाह नरोक्ने बताउदै कोही उद्यमी हतोत्साही हुन नपर्ने बताए । उनले ६० करोड रुपैया महिला उद्यमीलाई प्रवाह भएको बताउदै विपन्न,साना उद्यमी लगायतका लक्षित र सहुलियत कर्जामा बैंक लक्ष्यभन्दा माथि रहेको बताए । उनले उद्यम गर्न चाहने महिलालाई सहज रुपमा ऋण दिन तयार रहेको उनले जनाए ।
राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्रराज सुवेदीले महिला, साना तथा लघु उद्यम बढाउन विपन्न कर्जामा बैंकहरुले विनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य गरेको बताए । उनले कुनै बैंकले लक्षीत वर्गको सहुलियत कर्जा दिन आनाकानी गरे राष्ट्र बैंकलाई जानकारी दिन पनि उनले आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित