प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

तिनाउ नदिमा पाैडी खेल्ने क्रममा डुवेर १ जनाकाे ज्यान गयाे

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ नदिमा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु भएको छ।
सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलामा रहेको बुटवल पावर कम्पनीको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ का १८ वर्षीय अभिशेख परियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका अभिशेख शनिबार दिउसो पौडी खेल्न भन्दै तिनाउ खोलामा पुगेका थिए।
विद्युत उत्पादनको लागि तिनाउ खोलामा बाँधिएको ड्याममा पौडी खेल्ने क्रममा उनि अचानक खोलामा वेपत्ता भएका थिए।
युवा वेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले उद्दार गरि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थिए। तर अस्पतालमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित