दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान बुटवलबाट सम्पर्कविहिन खोजीका लागि परिवारको अपिल !

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सार पल्टार बजारमा घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखी सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।

ज्योतिनगर स्थित आफ्नी बहिनीको घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारले आग्रह गरेको हो । मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाई राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।

भाई राजेन्द्रको मोबाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहिन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोबाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित