‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सीजी एग्रोले पाल्पामा पाँच सय रोपनीमा लगायो अकबरे खुर्सानी

चौधरी समूहको सीजी एग्रोले व्यवसायिक कृषि सुरु गरेको छ। कम्पनीले पाल्पामा पाँच सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यवसायिक खेती थालेको हो।

यो कम्पनीले युरिया मलको कारोबार गर्दै आएको थियो। कम्पनीले उत्पादित खुर्सानी केही आफ्नै उद्योगमा खपत गर्छ भने बाँकी बजारमा बिक्री गर्ने उद्देश्य राखेको छ।

समूह अन्तर्गतको सीजी फूड्सलाई ठूलो मात्रामा अकबरे खुर्सानी आवश्यक परेपछि यो खेती गरिएको हो। पिरो चाउचाउमा अकबरे खुर्सानी प्रयोग हुन्छ।

‘अहिले पिरो चाउचाउको माग अत्यधिक छ। त्यसका लागि ठूलो मात्रामा अकबरे खुर्सानी चाहिन्छ। त्यसका लागि आफैंले खेती गर्न खोजिएको हो,’ स्रोतले भन्यो, ‘उद्योगलाई बढी भएमा बिक्री पनि हुन्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित