‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लायक्स डिष्ट्रिक ३२५ पी चौथो क्याबिनेट बुटवलमा

बुटवल । ‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको चौथो क्याबिनेट मिटिङ्ग तथा फेलोसिप कार्यक्रम आषाढ २ गते बुटवलमा हुने भएको छ ।

मगंलबार पत्रकार सम्मेलमा संवोधन गर्दै लायन्स ३२५ पि का एरिया ३ का एरिया चिफ एम.एल पाण्डे र एरिया ४ का एरिया चिफ माधव खनालले बर्ष भरी गरीएका बिभिन्न सामाजीक कार्यहरुको समिक्षा हुने । क्लबहरुले र डिष्ट्रिकका पदाधिकारी र क्लबहरुका अध्यक्षलाई सामाजीक कार्यको मुल्यंकन गरी सम्मान गरीने बताए । यो बर्षभरी लायन्स क्लवको ईतिहास पुरानो र विश्वव्यापी पहुच रहेको भन्दै अझै बढि सेवा भावलाई अगाडी बढाउनुपर्नेै बताएका हुन ।

यो बर्ष गरीएका बिभिन्न सामाजिक कार्यक्रम बाट अर्को बर्ष झन वढी सामाजीक सेवा गर्नेको लागी समिक्षा गरी काम गर्ने क्लबहरुका बिभिन्न प्रोजेक्ट लाई आर्थीक ब्यवस्थापन गर्ने र हुन नसकेका प्रोजेक्टलाई अर्को बर्ष गर्ने उतप्रेणा प्रदान गरिने एरिया चिफ पाण्डेले बताए ।

कार्यक्रम योगिकुटी रहेको होटल पौवा आयोजना भएको उक्त कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर लायन्स नेताहरु, मल्टीपल चियर पर्सन,डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, सहितका लायन्सका प्रथम भाईस ड्रिष्टक गर्भनर तथा इलेक्ट गर्भनर अर्जुनमान शैजु, द्धितिय भाईस डिष्ट्रिक गर्भनर तथा इलेक्ट प्रथम भाइस गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्ग, इलेक्ट द्धितिय गर्भनर बालाराम भट्टराई, पुर्व गर्भनरहरु अरुण प्रताप राणा,शुनिल ओझा, अनुप पहारी, महेन्द्र नारायण श्रेष्ठ लगायतले संवोधन गर्ने रहेको एरिका ३ चिफ एम.एल पाण्डेले बताए ।

लायन्स एरिया नम्बर ३ र ४ को आयोजनामा हुने क्याविनेट मिटिङ्गमा कार्यक्रममा करिव ५ सय भन्दा बढिको सहभागीता रहने बताए ।
लायन्स डिष्ट्रिक ३२५ पि अन्र्तगत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६ सय ७ जना सदस्य रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित