‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

दुई व्यानर, एक समापन कार्यक्रम

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने ३९० घण्टा (६५ कार्य दिन) फेशन डिजाइनर तालिमको समापन भयो । तालिम व्यवस्थापक दुई फरक–फरक संस्था भएपनि बजेट तिलोत्तमा नगरपालिकाको थियो । त्यसैले बजेट बचाउने जुक्ती तालिमको व्यवस्थापन लगायो । अनि दुई व्यानरमा एक समापन कार्यक्रम तिलोत्तमामा भयो ।
फेसन डिजाईन तालिम दिने एउटा संस्था आधार ट्रेनिङ्ग सेन्टर सिद्धार्थनगर–६ रुपन्देही हो । अर्को सिद्धार्थनगर–८ को ए फोर ट्रेनिङ्ग सेन्टर हो । यी दुवै संस्थाले फेसन डिजाईनको तालिम दिएका हुन ।
सोही तालिमको समापन तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले गरिन । सो अवसरमा उनले सिपले आत्मनिर्भर मात्रै नभई हिँसा हुनबाट पनि बचाउने बताईन ।
साथै उनले नारीहरुको ससक्तिकरण र समाज बिकासको लागि आत्मनिर्भरतामा जोड दिईन ।
तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि सो फेशन डिजाइनर तालिम दिइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित