रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

दुई व्यानर, एक समापन कार्यक्रम

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने ३९० घण्टा (६५ कार्य दिन) फेशन डिजाइनर तालिमको समापन भयो । तालिम व्यवस्थापक दुई फरक–फरक संस्था भएपनि बजेट तिलोत्तमा नगरपालिकाको थियो । त्यसैले बजेट बचाउने जुक्ती तालिमको व्यवस्थापन लगायो । अनि दुई व्यानरमा एक समापन कार्यक्रम तिलोत्तमामा भयो ।
फेसन डिजाईन तालिम दिने एउटा संस्था आधार ट्रेनिङ्ग सेन्टर सिद्धार्थनगर–६ रुपन्देही हो । अर्को सिद्धार्थनगर–८ को ए फोर ट्रेनिङ्ग सेन्टर हो । यी दुवै संस्थाले फेसन डिजाईनको तालिम दिएका हुन ।
सोही तालिमको समापन तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले गरिन । सो अवसरमा उनले सिपले आत्मनिर्भर मात्रै नभई हिँसा हुनबाट पनि बचाउने बताईन ।
साथै उनले नारीहरुको ससक्तिकरण र समाज बिकासको लागि आत्मनिर्भरतामा जोड दिईन ।
तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि सो फेशन डिजाइनर तालिम दिइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित