बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

कुटपिट बाट बुटवल देवीनगरमा एक जनाको ज्यान गयो

अज्ञात ब्यक्तिको कुटपिटबाट बुटवल देविनगरमा एक जनाको ज्यान गएको छ । नाम नखुलेको एकजना ब्यक्तिको आज बिहान कुटपिटबाट मृत्यु भएको हो । आज अपरामन्ह मृत अवस्थामा शव फेला परेको ती व्यक्तिको स्थानीय २ जनाको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।

शव बरामद गरेर अनुसन्धान गरिरहेको प्रहरीले कुटपिट गरेको आरोपमा एक नाबालिक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना नाबालक र अर्का स्थानीय देवीनगरका स्थानीय ३१ वर्षीय गणेश थापा रहेका छन् । प्रत्यक्षदर्शीको बयानका आधारमा १ नाबालक सहित २ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय तामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

आज अपरान्ह पुरानो ड्राइभिङ प्रयोगात्मक परीक्षा लिने स्थानको पछाडी शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित