‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कुटपिट बाट बुटवल देवीनगरमा एक जनाको ज्यान गयो

अज्ञात ब्यक्तिको कुटपिटबाट बुटवल देविनगरमा एक जनाको ज्यान गएको छ । नाम नखुलेको एकजना ब्यक्तिको आज बिहान कुटपिटबाट मृत्यु भएको हो । आज अपरामन्ह मृत अवस्थामा शव फेला परेको ती व्यक्तिको स्थानीय २ जनाको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।

शव बरामद गरेर अनुसन्धान गरिरहेको प्रहरीले कुटपिट गरेको आरोपमा एक नाबालिक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना नाबालक र अर्का स्थानीय देवीनगरका स्थानीय ३१ वर्षीय गणेश थापा रहेका छन् । प्रत्यक्षदर्शीको बयानका आधारमा १ नाबालक सहित २ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय तामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

आज अपरान्ह पुरानो ड्राइभिङ प्रयोगात्मक परीक्षा लिने स्थानको पछाडी शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित