लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गर्मीमा पनि एकैदिन चार हजार जना चढे लुम्बिनी केबलकार

प्रचण्ड गर्मीको प्रतिकूल मौसममा पनि लुम्बिनी केबलकार चढ्नेहरुको संख्या निरन्तर बढ्दो छ । शनिबार मात्रै करिब चार हजार जना केबलकार चढेका आयोजना प्रमुख गोकुल साउदले बताए । केबलकारको टप स्टेसन बसन्तपुरमा बुटवल भन्दा ५–७ डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी छल्न र कामाख्यादेवीको मन्दिर दर्शनका लागि केबलकार चढ्नेको भीड बढ्न थालेको साउदले बताए ।

प्रख्यात कामाख्यादेवीको मन्दिर दर्शनका लागि भारतीय नागरिकहरु समेत उल्लेख्य मात्रामा केबलकार यात्रा गर्न आउने क्रम बढ्दै गएको प्रालिले जनाएको छ । कुल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित