‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बुटवलको लुम्बिनी केबलकार चढ्दा टिकटमा १० प्रतिशत क्यासब्याक (छुट) पाउने भएका छन् । बैंकले लुम्बिनी केबल कारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउने छन् ।

यो योजना सीमित अवधिका लागि लागू रहने बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन एवं राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित