
बुटवल । आईएमई ग्रुपका सञ्चालक चन्द्र ढकालले विहिबार बुटवलमा बुटवल हिल्स द्वारा प्रबद्र्धित लुम्बिनी केवलकार उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाए । केवलकारको शिल्यनास ०७७ साल फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गरेका ढकालले उद्घाटन बाहलवाला प्रधानमन्त्रीबाट गरे ।
एउटा व्यापारिक घरनाको केवलकार उद्घाटन गर्न लाखौ रुपैयाँ खर्चेर हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड बुटवल आउँदा उनी एक्लै भने आएनन् । उनको साथमा जम्बो टिम थियो ।
केवलकार उद्घाटन स्थल बसन्तपुरमा बनाइएको मञ्चको अग्रभागमा प्रचण्डको ‘टिम’ ज्यादा थियो ।
केवलकार उद्घाटनमा प्रचण्ड सहित भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, देवेन्द्र पौडेल, सांसदहरु ठाकुर गैरे, विष्णु पौडेल, बासु घिमिरे, पुर्व सांसद सोम प्रसाद पाण्डे, भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पाल, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरी पनि उद्घाटनमा पुगेका थिए । त्यस्तै प्रचण्डको सचिबालयकी उनकी छोरी गंगा दाहाल पनि अाएकी थिइन ।
प्रचण्ड बुटवलमै आउने र एउटा व्यवसायीक घरनाको केवलकार उद्घाटन हुँदा लुम्बिनी प्रदेश सभाको बैठकनै स्थगित भयो । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर सभामुख तुलाराम घर्तीले भोली २६ गतेका लागि बैठक आव्हान गरेका छन् । भोली संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिदैछ ।
केवलकार उद्घाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री देखि सांसदको लस्कर देखियो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्ली चौधरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खांण केसी सहित प्रदेश सांसदहरु पनि दलबलका साथ केवलकार उद्घाटनमा पुगेका थिए ।
मञ्च अगाडि प्रदेश प्रमुख शेरचन, मुख्यमन्त्री चौधरीलाई कुर्ची राखिएको भएपनि सभामुख र उपसभामुखलाई भने मञ्चको अगाडिको रोहमा राखिएको थियो । २ जना बस्न मिल्ने सोफामा सभामुख, उपसभामुख सहित अर्का एक व्यक्ति जवरजस्त बसेका थिए । जुन दृश्य अस्वभाविक समेत थियो ।

सोफामा बसेका सभामुख घर्ती र उपसभामुख खांण
कार्यक्रमको सञ्चालनका लागि आयोजकले राम्रै रकम दिएर कान्तिपुर टेलिभिजनकी समाचार बाचिका समा थापालाई बोलाएको थियो ।