
बुटवल । व्यवस्थापन पक्षको गम्भिर गल्तीका कारण लुम्बिनी केवलकार औपचारिक उद्घाटनकै दिन पनि बीचमै केही मिनेट रोकिएको छ । यस अघि पनि यो समस्या भएको थियो । विहिबार केवलकारको औपचारिक उद्घाटन केवलकारको माथिल्लो बटम स्टेशन बसन्तपुरमा हुने कार्यक्रम तय थियो । त्यसका लागि अतिथि सवैलाई गोलपार्क बमघाट बाट बसन्तपुर तर्फ केवलकारमा जाने व्यवस्था मिलाइएको थियो ।
तर बमघाट बाट जाने केही अतिथि २ मिनेट बढि समय बीचमै अड्किने पुगे । स्थानिय रिता सेन बीचमै केवलकार रोकिएको बताईन ।
बुटवल हिल्स द्वारा प्रबद्धित लुम्बिनी केवलकारको टिकट दर महंगो भएको गुनासो आइरहेका बेला केवलकार समेत बीच बीचमा रोकिदा धेरैले यसलाई व्यवस्थापन टिमको गम्भिर कमजोरी भएको बताएका छन् । केवलकारको टिकट दर १ हजार तोकिएको छ ।
उद्घाटनको दिन पनि केवलकार लाईन बीचमा जाँदा रोकिएको व्यवस्थापन पक्षले जनाएको छ ।