प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

मासु व्यवसायी संघका पोल्टी संयोजककै कुखुरा बधस्थल ‘फोहोर र दुर्गन्धित’

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठले सामान्य मापदण्ड पालना नगरेरै कुखुरा बध गर्ने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा मासु व्यवसायी संघका कार्य समिति सदस्य बाल कुमार श्रेष्ठको कुसल पोल्टी सप्लायर्समा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खुल्ला स्थलमा बध गर्ने गरेको, टायल मार्वल नलगाएको, प्रयाप्ती पानी नभएको, बधस्थल फोहोर र दुर्गन्धित भएको भेटिएको अनुगमन टोलीले बताएको छ । श्रेष्ठ मासु व्यवसायी संघकै पोल्टी संयोजक समेत हुन । उनले दैनिक मासु पसलहरुलाई कुखुरा तयार गरी विक्रि गर्दै आएका छन् । अनुगमन समितिका संयोजक एवं बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जिम्मेवारी व्यक्तिले नै मापदण्ड पालना नगरेरै व्यवसाय सञ्चालन गरेको बताईन ।


अनुगमन समितिले १५ दिन भित्र बधशालालाई कम्पाउण्ड गर्न, टायल मार्वल लगाउन श्रेष्ठलाई निर्देशन दिएको छ । त्यस्तै अनुगमन टोलीले बुटवल गोलपार्कमा रहेको स्याङजाली मासु पसलबाट कुहिएको मासु बरामद गरि नष्ट गरेको छ । अनुगमनका क्रममा सो मासु पसलमा कुखुराको ८ केजी मासु कुहिएको अवस्थामा भेटिएको थियो । टोलीले उक्त मासु बुटवल उपमहानगरपालिका भित्र ल्याएर गाडेको छ । बुधबार कुसल र स्याङजाली मासु सहित अन्य १५ वटा मासु पसलमा अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमन गर्दा बुटवलका अधिकांस मासु पसलहरुले मापदण्ड पालना नगरेरै व्यवसाय सञ्चालन गरेको पाइएको छ । उपभोत्ताको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको मासु व्यवसायमा व्यवसायीहरुले सामान्य मापदण्ड पनि पालना नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन अहिले तिब्र पारेको छ ।
बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो ।
जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरेको छ ।


बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताईन ।

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिदै सुधार गर्न निर्देशन दिइएको उनको भनाई छ ।
उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरुलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताईन ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित