लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मासु व्यवसायी संघका पोल्टी संयोजककै कुखुरा बधस्थल ‘फोहोर र दुर्गन्धित’

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठले सामान्य मापदण्ड पालना नगरेरै कुखुरा बध गर्ने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा मासु व्यवसायी संघका कार्य समिति सदस्य बाल कुमार श्रेष्ठको कुसल पोल्टी सप्लायर्समा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खुल्ला स्थलमा बध गर्ने गरेको, टायल मार्वल नलगाएको, प्रयाप्ती पानी नभएको, बधस्थल फोहोर र दुर्गन्धित भएको भेटिएको अनुगमन टोलीले बताएको छ । श्रेष्ठ मासु व्यवसायी संघकै पोल्टी संयोजक समेत हुन । उनले दैनिक मासु पसलहरुलाई कुखुरा तयार गरी विक्रि गर्दै आएका छन् । अनुगमन समितिका संयोजक एवं बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जिम्मेवारी व्यक्तिले नै मापदण्ड पालना नगरेरै व्यवसाय सञ्चालन गरेको बताईन ।


अनुगमन समितिले १५ दिन भित्र बधशालालाई कम्पाउण्ड गर्न, टायल मार्वल लगाउन श्रेष्ठलाई निर्देशन दिएको छ । त्यस्तै अनुगमन टोलीले बुटवल गोलपार्कमा रहेको स्याङजाली मासु पसलबाट कुहिएको मासु बरामद गरि नष्ट गरेको छ । अनुगमनका क्रममा सो मासु पसलमा कुखुराको ८ केजी मासु कुहिएको अवस्थामा भेटिएको थियो । टोलीले उक्त मासु बुटवल उपमहानगरपालिका भित्र ल्याएर गाडेको छ । बुधबार कुसल र स्याङजाली मासु सहित अन्य १५ वटा मासु पसलमा अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमन गर्दा बुटवलका अधिकांस मासु पसलहरुले मापदण्ड पालना नगरेरै व्यवसाय सञ्चालन गरेको पाइएको छ । उपभोत्ताको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको मासु व्यवसायमा व्यवसायीहरुले सामान्य मापदण्ड पनि पालना नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन अहिले तिब्र पारेको छ ।
बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो ।
जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरेको छ ।


बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताईन ।

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिदै सुधार गर्न निर्देशन दिइएको उनको भनाई छ ।
उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरुलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताईन ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित