
लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।
प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उनको भनाइ छ ।