मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द

भैरहवा।केहिदिन देखि निरन्तर रुपमा गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई बिद्यालय जान आउन तथा पटन पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
पालिका अन्तरगतको शिक्षा समितीको आज मंगलबार बसेको बैठकले बुधबार देखि आगामी असार ६ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए ।

‘गर्मी बढेपछि विद्यार्थीहरुलाई विद्यालयसम्म जान आउन तथा पठनपाठनमा समस्या आएको थियो, जिल्ला विपद व्यवस्थापन समितिले पनि अत्याधिक गर्मी बढेका कारण बिद्यार्थीहरु समस्या परेको भन्ने पत्र आएको थियो’ सियारी गाउँपालिका अध्यक्ष एवंं शिक्षा समितीका संयोजक थानेश्वर घिमिरेले भने, ‘त्यसैले १४ दिनसम्म विद्यालयहरुमा विदा दिने निर्णय गरेका हौं ।

पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रुपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउसोको समयमा घाममा हिडडुल गर्न नदिन आग्रह गरेको छ ।

यस्तै पूर्व निर्धारित परिक्षालाई साउन १९ गते भित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गर्दै अहिलेलाई १४ दिनका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
रुपन्देहीमा केहि दिन देखि निरन्तर रुपमा ३८ देखि ४२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । गर्मीका कारण बिद्यार्थीहरु बिरामी भएर अस्पताल भर्ना हुने गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित