मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले सदस्यता शुद्धिकरण भन्दै पूर्वाग्रह ढंगले सदस्य हटाउने निर्णय र सिफारिश गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले गम्भीर असहमति व्यक्त गरेको छ ।

प्रेस चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र बुुझाउँदै आफ्नो असहमति प्रकट गरेको हो । महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार सदस्यता शुद्धिकरण निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी रूपन्देही दृढ रहेको उल्लेख गर्दैै प्रेस चौतारीले तर पत्रकार महासंघ रुपन्देहीले शद्धिकरण मापदण्डलाई वेवास्ता गर्दै छुट्टै मापदण्ड तयार गरी उस्तै खालका व्यक्ति कसैको सदस्यता कायम राख्ने र कसैको खोस्ने प्रपञ्च गर्नु नेपाल पत्रकार महासंघ रूपन्देहीको एकता र संस्थागत विकासमाथि गम्भीर प्रहार भएको जनाएको छ । “नेपाल पत्रकार महासंघ रूपन्देहीले गरेको निर्णय एकपक्षीय, पूर्वाग्रही र सुनियोजित रहेको ठहरसहित प्रेस चौतारी रुपन्देही अस्वीकार गर्दछ”–ज्ञापनपत्रमा भनिएको छ ।

पत्रकार महासंघ रूपन्देहीलाई यो शुद्धिकरण अभियान एउटा अवसर रहेको, जसले आगामी दिनमा नेपाल पत्रकार महासंघको आन्तरिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै ज्ञापनपत्रमा पत्रकार महासंघप्रतिको सामाजिक छवि पनि उचो बन्ने अवसरलाई महासंघले गुमाएको उल्लेख छ । आग्रह, पूर्वाग्रह राखेर सदस्यता शुद्धिकरण गरिएकोले महासंघको मर्म र गरिमामाथि प्रहार भएको ज्ञापनपत्रमा उल्लेख छ । शुद्धिकरणमा पर्नैपर्ने वर्षौंदेखि पत्रकारिता नगरेका सदस्यहरुलाई कुनै संगठनको सदस्य भएकै आधारमा जोगाउने र कुनै संगठनको सदस्य भएको आधारमा हटाउने निर्णय तत्काल सच्याउन प्रेस चौतारी रुपन्देहीले माग गरेको छ ।

आफ्नो मागलाई गम्भीरतापुर्वक लिई यथाशीघ्र निर्णय नसच्याएमा चरणवद्ध आन्दोलनमा जाने चेतावनी पनि चौतारीले दिएको छ । महासंघलाई सांच्चिकै सबै विचार र आस्थामा आवद्ध पत्रकार, पत्रकार सम्बद्ध संगठनहरुको साझा संस्था बनाउने हो भने निर्णय सच्चाउनुको विकल्प नरहेको चौतारीको ज्ञापनपत्रमा भनिएको छ । बाहिर सदस्य शुद्धिकरणका आकर्षक कुरा गर्ने तर भित्र अर्कै ढंगले योजना बनाएर गरिने निर्णयको सबै ढंगले प्रतिवाद गर्दै अघि बढ्ने पनि प्रेस चौतारीले जानकारी गराएको छ । सदस्यता शुद्धिकरणलाई पारदर्शी र खुला ढंगले अघि बढाउने काममा आफ्नो संगठन सधैं सहयोग गर्न तयार रहेको चौतारीले जनाएको छ ।

पत्रकार महासंघ रूपन्देही यस्तै एकपाखे र एकलकाँटे ढंगले अघि बढे प्रतिवादका लागि आगामी निर्णय कठोर हुँदै जाने चेतावनी पनि प्रेस चौतारीले दिएको छ । ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले सदस्यता शुद्धिकरणलाई खुला र पारदर्शी गर्ने गरी यसअघि भएको छलफल र बैठकमा भएको निष्कर्ष अनुसार अघि बढ्न आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यता शुद्धिकरणको विषय अझै छलफलको क्रममै रहेकाले सबै विषयमा आवश्यक छलफल गरेर अघि बढ्न तयार रहेको र त्रुटी भएको भए सच्याउन पनि तयार रहेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित