काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल

लुम्बिनी प्रदेशका सांसद भुमिश्वर ढकालले समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्ने बताएका छन् ।
सोमबार बुटबलमा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा बोल्दै स्काउट मार्फत युवाहरु एकजुट हुनुपर्ने बताए ।
नेपाल स्काउटले राष्ट्र निमार्णमा महत्वपूर्ण भुमिका खेलेको बताउदै लुम्बिनी प्रदेशमा स्काउटको क्षेत्र फराकिलो बनाउदै एक विद्यालय एक स्काउटको अबधारणलाई प्रदेशमा अभियान सञ्चालन गर्न आग्रह गरे । नेपाल स्काउटका केन्द्रीय अध्यक्ष लोक भण्डारीले समाज परिवर्तनका लागि स्काउटले महत्वपूर्ण भुमिका खेलेको बताए । स्काउटले सबै युवाहरुलाई स्काउट अभियानमा जोडेर सामजिक क्षेत्रमा महत्वपूर्ण काम गरिएको बताए ।
एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियानलाई देशभर अगाडी बढाउनु पर्नेमा जोड दिए । नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराइले शारिरिक मानसिक र बौद्धिक रुपमा बालबालिकालाई राष्ट्रको चरित्रवान नागरिक बनाउने उद्देश्यले नेपाल स्काउटले एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियान अगाडी बढाएको बताए ।
सुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको बताए । छ दिनको एडभान्स तालिम निकै महत्बपूर्ण रहेको बताउदै यो तालिमबाट सिकेको सीप सबैले कार्यन्वयनमा लैजान आग्रह गरे । कार्यक्रममा बुटबल उपमहानगरपालिकाकी उप प्रमुख साबित्रा अर्याल, होराइजन माविका प्राचार्य लोकनाथ शर्मा,नहरपुर माविका प्राचार्य धनिश्वर गौतम,वडा सदस्य नकुश शाही ठकुरी लगायतले बोल्नुभएको थियो । स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षता, कार्यलय प्रमुख तारा पुरीको सञ्चालन र रुपन्देही इन्चार्ज भरत अर्यालको स्वागतमा कार्यक्रम भएको थियो । तालिममा लुम्बिनी प्रदेशका १२ बटा जिल्लाका स्काउटहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित