‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

विश्व वातावरण दिवसको अवसर पारी बुटवलमा पर्यावरण संरक्षण समाजको गठन

बुटवल । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबार सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको संस्थामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

गँगा पोखरेलको संयोजकत्वमा बनेको समितिले संस्थाको विधान निर्माण, संगठन विस्तार तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः वृहत भेलाको आयोजना गर्ने बताइएको छ । सदस्यहरुमा शान्ता पन्त भट्ट, मिन तिवारी, गणेश घिमिरे, गिरी श्रीस मगर, दिलिप ज्ञवाली र माधव गौतम रहेका छन् । मुख्य कार्यक्षेत्र रुपन्देहीलाई गराउने गरी गठन गरिएको संगठनले ‘से नो टु प्लाष्टिक’ भन्ने तत्कालिन मूल नाराका साथ प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने अभियान सञ्चालनका लागि तयारी गर्ने भएको छ ।

वातावरण प्रदुषणमा सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको प्लाष्टिकजन्य पदार्थ नियन्त्रणका लागि विभिन्न व्यवसायीक तथा सामाजिक संघ संस्थाका साथै सरकारी निकाय वा तहहरुसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिइएको संयोजक पोखरेलले बताइन् ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघको महासभाले जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा तोकेको थियो । पहिलो उत्सव, ‘केवल एक पृथ्वी’ नारा अन्तर्गत १९७३ मा भएको थियो। सोही अनुसार हरेक वर्ष विश्व समुदायले मनाउँदै आएको वातावरण दिवसलाई सार्थक बनाउनका लागि वर्षभरी नै अभियान सञ्चालन गर्ने उद्देश्यसाथ संस्था गठन गरिएको संयोजक पोखरेलले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित