‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

यो गर्मी कहिलेसम्म ?

मौसमविदले तराईका जिल्लाहरुमा गर्मीको अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेका छन् ।

मौसमविद झाका अनुसार तराई–मधेशका जिल्लाहरुमा तत्कालै गर्मी कम हुने सम्भावना देखिएको छैन । ‘पानी पार्ने खालको प्रणाली नभएकाले अझै केही दिन गर्मी घट्ने सम्भावना कमै छ,’ उनले भने, ‘केही दिन ४०–४२ कै हाराहारीमा तापक्रम हुने सम्भावना छ ।’ पहाडी भागतिर बेला–बेला बदली भएर बेला–बेला चिसो हावा चल्ने गरेकाले गर्मी अझै बढ्नलाई केही हदसम्म रोकिरहेको उनको अनुमान छ ।

तराई–मधेशका जिल्लामा तत्काल पानी पार्ने नयाँ प्रणाली विकसित पनि भएको छैन । उनका अनुसार सुदूरपश्चिमको तराई भेगमा भने न्युनचापीय प्रणाली र स्थानीय वायुको हल्का प्रभाव छ । यसले गर्दा गएरातिदेखि नै बदलीको अवस्था छ । आज बिहान पनि हल्का बदलीको अवस्था भए पनि पानी भने नपार्ने मौसमविद झा बताउँछन् ।

तर सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भागका थोरै स्थानहरुमा आज दिउँसोतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । ‘तर तराई–मधेशका जिल्लातिर त बदली पनि लाग्दैन,’ मौसमविद झाले भने, ‘खुला आकाश छ, जमिन तातिरहेको छ । त्यसैले अत्यधिक गर्मी भइरहेको छ ।’

नेपालको भौगोलिक अवस्था अनुसार मे र जुन महिना बढी गर्मी हुने महिनाहरु हुन् । यी महिनामा पानी परेन अथवा बादल लागेन भने गर्मी अत्यधिक महसुस हुन्छ । गर्मी बढी हुँदा जमिन तात्छ । पानीका स्रोत धेरै भएका स्थानबाट बाफ उडेर बादल बन्ने र स्थानीयस्तरमा पानी पार्ने प्रणाली विकसित भएर वर्षा हुने, बादल लाग्ने हुन्छ । यस्तो वर्षा केही स्थानमा मात्र हुन्छ । अहिले केही दिनयता पानी नपरेकाले प्रि मनसुन अवधि नै सुक्खा छ । त्यसैले गर्मी बढिरहेको छ ।

वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार पानी नपरेमा यस्तो गर्मी यथावत रहने वा योभन्दा पनि बढ्नसक्ने सम्भावना रहन्छ । जंगलमा डढेलो लागेकाले र प्रदूषण बढेकाले गर्मी बढ्न सहयोग पुगेको मौसमविद बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित