‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

लुम्बिनी निकेतन मा.वि. मा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सु-सपन्न भएको छ ।

अनेरास्ववियु कन्चन गाउँ कमिटी द्वारा आयोजित कार्यक्रममा विशाल क्षेत्रीको अध्यक्षता र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष रमेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष रमेश ढकाल , विद्यालयका प्राचार्य कृष्ण प्रसाद शर्मा , हरैया बहुमुखी क्यापसका स्ववियु सभापति प्रदिप सापकोटा ,जिल्ला कमिटी सदस्य उदय गौतम , अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापस कमिटी अध्यक्ष योगेन्द्र रायमाझी लगायतले बोलेका थिए । अनेरास्ववियु कन्चन गाउँ कमिटिका र हरैया बहुमुखी क्यापसका अनेरास्ववियुका नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुको शैक्षिक भविष्यमा सहयोग हुने हेतुले झोला र खेलकुदमा सामाग्री वितरण गरिएको विशाल क्षेत्रीले बताए ।

रुपन्देही जिल्लाको कन्चन गाउँपालिका रहेको लुम्बिनी निकेतन मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित