बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

शान्तिका साथी शिक्षकहरु पुरष्कृत

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले साथी शिक्षकको रुपमा सिकाईमा मद्धत गरेर उत्तीर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने करीव १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरष्कृत गरिएको हो ।
निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहजता थपेको बताए ।
पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए ।
शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित