रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले ग¥यो अस्वीकार

बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले ल्याएको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारी नेपाल रुपन्देहीले अस्वीकार गरेको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा उठाउने आफ्नो संगठन रहेको र महासंघले मापदण्ड बनाएर यसलाई अगाडि बढाएकोमा धन्यवाद दिंदै तर रुपन्देहीमा भने केन्द्रीय मापदण्ड विपरित शुद्धिकरणको प्रस्ताव ल्याइएको भन्दै अस्वीकार गरेको हो ।
महासंघ रुपन्देहीले ल्याएको प्रस्ताव एकपक्षीय, पूर्वाग्रही र गलत रहेको र केन्द्रीय मापदण्डलाई ठाडै कुल्चेर जिल्लामा शुद्धिकरण मापदण्डको नीति अपनाइएको भन्दै प्रेस चौतारी रुपन्देहीले यसका विरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । यसका लागि प्रेस चौतारीले महासंघको जिल्ला नेतृत्वलाई निर्णय सच्याउनका लागि ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने र सो अवधिभित्र केन्द्रीय मापदण्ड अनुरुप निर्णय नगरिए थप संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
महासंघको जिल्ला नेतृत्वले शुद्धिकरणभित्र राखेका ७७ जना मध्ये केही पत्रकारितामा क्रियाशिल रहेको र उस्तै प्रकृतिका पेशामा रहेका सदस्यहरुमध्ये केहीलाई केहीलाई शुद्धिकरणभित्र पारिएको र केहीलाई जोगाउने प्रपन्च रचिएको भन्दै प्रेस चौतारीले त्यो किमार्थ स्वकार्य नहुने बताएको छ । महासंघलाई शुद्धिकरण गरिनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी दृढ र प्रतिवद्ध रहेको भन्दै बैठकले यसका लागि महासंघको शुद्धिकरण समितिले तयार गरेको मापदण्डलाई मात्रै आधार मान्नुपर्नेमा जोड दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित