‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

गर्मीले उकुसमुकुस बुटवल

बुटवल । केही दिनदेखिको गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । तातो हावा चल्दा बाहिर निस्कने अवस्था छैन् । विहानै देखिको गर्मीले सवैभन्दा बढि प्रभावित दैनिक मजदुरी गर्नेहरु परेका छन् ।
खुल्ला आकाशमुनि काम गर्नेहरुले काम नै गर्न नसक्ने गरी चर्को घाम लागेको छ । चर्को गर्मीकै कारण सडकमा यातायातका सवारी साधन समेत कम चलेका छन् । साँझपख मात्र बजारमा चहलपहल हुने गरेको छ ।
विद्यालयहरु गर्मीका कारण धमाधम विदा भएका छन् । बुटवलका केही नीजि विद्यालयहरुले असार ३ गते सम्मका लागि विदा दिइसकेका छन् भने तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले पनि सूचना नै जारी गरेर विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन ।
पछिल्लो तीन दिन यता भैरहवा बुटवलको तापक्रम ३९ देखि ४२.३५ सम्म पुगेको छ । नेपालमा सरदर पूर्वी नेपाल भएर १३ जूनमा मनसुन भित्रिने गर्छ । यो पटक मनसुन करीब दुई साता ढिला गरी अर्थात असारको पहिलो साता मात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको छ । त्यतिञ्जेल गर्मी घट्न मुश्किल हुने मौसमविद्ले बताएका छन् ।
गर्मी बढेका कारण अत्याआवश्यक काम बाहेक बाहिर नहिड्न चिकित्सकले सुझाव दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठकले बाहिर तातो हावा चलेका कारण धेरै जोखिम हुने भएकाले अत्याआवश्यक काम बाहेक बाहिर नहिड्न सर्वसाधरणलाई आग्रह गरे ।
उनले गर्मीबाट बच्न अत्याधिक पानी पिउनुका साथै खानपानमा समेत ध्यान दिन आग्रह गरे । उनले काँक्रो, बेल, आँप, कागतीको सर्बतको सेवन गरेमा पनि सित्तल प्रदान हुने बताए ।
कसरी बच्ने गर्मीबाट ?
सबैभन्दा राम्रो उपाय हो घर भित्र नै बस्ने, ११ देखि ४ बजे सम्मको घाममा बाहिर सकेसम्म ननिस्किनुहोस ।
गर्मीबाट बच्न एयरकन्डिस्नर, पंखा कुलरहरु चलाएर राख्नुहोस ।
यदि घरबाहिर निस्कनु छ भने छाता ओढेर निस्कनुहोस वा क्याप लगाउनुहोस ।
पानी धेरै पिउनुहोस । सकेसम्म धेरै फलफूल खानुहोस र जुसहरु पिउनुहोस ।
बासि तथा झिंगा भन्किएका खाना नखानुहोस । घरबाहिर खाना खाने गर्नुहुन्छ भने सफा र स्वस्था खाना पाइने ठाँउमा मात्रै खानुहोस ।
कुने यात्रामा वा भ्रमणमा जाँदै हुनुहुन्छ भने भने आफ्नो साथमा आधारभुत औषधीहरु राख्नुहोस ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित