३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

ऋणमा गौतमबुद्ध विमानस्थल

देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि विकल्प अवतरण स्थल भनिएको थियो। तर, विमानस्थल सुरु भएको एक वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय जहाज डाइभर्ट गरेर गौतमबुद्धमा अवतरण गरेनन्। उनीहरूको रोजाइ भारत नै पर्‍यो।

यसबीच अन्तर्राष्ट्रिय उडान सुरु गरेका हवाई कम्पनीहरूले पनि थप उडान गर्न चासो दिएका छैनन्। गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउन सेवाशुल्क र ग्राउन्ड ह्यान्डलिङमा छुटलगायत बाध्यकारी नियम बनाए पनि अन्तर्राष्ट्रिय उडान भने खासै हुन सकेको छैन। भौतिक संरचनामा करिब ८ अर्ब र मुआब्जा वितरणमा करिब २७ अर्ब रुपैयाँ खर्च गरेर निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडानको चापले व्यस्त हुनुपर्ने हो।

वर्ष बित्दा पनि विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडानहरू गर्न किन सकेन ? गम्भीर प्रश्न खडा भएको छ। बितेको वर्ष एकमात्र नियमित व्यावसायिक उडान गर्दै आएको जजिरा एयरले पनि नियमित उडान बन्द गर्नु दुःखद् कुरा हो। बितेको वर्ष ३ सय ५९ उडान तथा अवतरण भएको छ। यसबाट जम्मा ६ करोड १९ लाख रुपैयाँको आम्दानी उक्त अन्तर्राष्ट्रिय विमानस्थललाई भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन खर्च धान्न कम्तीमा ६० करोड रुपैयाँ वार्षिक आम्दानी गर्नुपर्ने हुन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित