‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

गुल्मीका १० पालिका मध्ये संघीय बजेट धेरै पाउनेमा अहिले पनि धुर्कोट गाउँपालिका अगाडि

गुल्मी । कार्य सम्पादन मुल्यांकनमा हरेक वर्ष अगाडि रहँदै आएको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न शिर्षकको अनुदान बजेटमध्ये ४० करोड २६ लाख अनुदान बजेट पाएको छ । यो बजेट अन्य ९ वटा पालिकाले पाएको भन्दा सवैभन्दा बढि हो ।

सत्यवती गाउँपालिकामा ४० करोड ३ लाख बजेट अनुदान प्राप्त गरेको छ । इस्मा गाउँपालिकामा ३२ करोड ४ लाख बजेट बजेट अनुदान प्राप्त गरेको छ ।

मुसिकोट नगरपालिकाले ४७ करोड ५६ लाख बजेट बजेट अनुदान प्राप्त गरेको छ । रेसुङ्गा नगरपालिकाले ३९ करोड ६५ लाख बजेट अनुदान प्राप्त गरेको छ ।

त्यस्तै रुरुक्षेत्रले ३६ करोड ३६ लाख, छत्रकोटले ३९ करोड ३८ लाख, गुल्मीदरवारले ३२ करोड २१ लाख, मदानेले ३३ करोड ६३ लाख र मालिकाले ३८ करोड ४२ लाख विभिन्न शिर्षकको अनुदान र सशर्त बजेट पाएको छ ।

कार्य सम्पादन मुल्यांकनका अलवा जनसंख्याका आधारमा पनि स्थानीय तहमा बजेट बिनियोजन हुने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित